Section 58
धितोसम्बन्धी हकको समाप्ति
(१) सुरक्षित दायित्व बाँकी नरहेमा र धितो लिने व्यक्तिसँग भावी ऋण दिने, दायित्व बहन गर्ने वा अन्य कुनै पनि तवरले मूल्य दिने प्रतिबद्धता नभएमा धितोको हकको समाप्ति हुनेछ । (२) बिक्री गरिएको बहीखाता वा सुरक्षित बिक्री करारका सम्बन्धमा दायित्व बहन गर्ने व्यक्तिले दायित्व पूरा गरेपछि धितोको हकको समाप्ति हुनेछ ।